नियम ३३
रुग्ण उद्योग घोषणा गर्ने प्रक्रिया
(१) कुनै उद्योगीले आफूले सञ्चालन गरेको उद्योगलाई ऐनको दफा ३९ को उपदफा (१) र नियम ३२ बमोजिमको मापदण्डको आधारमा रुग्ण उद्योगको रूपमा घोषणा गराउन चाहेमा मन्त्रालयमा अनुसूची-२० बमोजिमको ढाँचामा निवेदन दिनु पर्नेछ।
(२) उपनियम (१) बमोजिमको निवेदनसाथ- उद्योगले त्यस्तो उद्योगको सञ्चालनको लागि थप पूँजी (इक्विटी) लगानी र व्यावसायिक योजना पेश गर्नु पर्नेछ।
(३) उपनियम (१) बमोजिम प्राप्त निवेदन र संलग्न विवरण वा कागजातउपर मन्त्रालयले, रुग्ण उद्योग सुझाव समितिमार्फत आवश्यक जाँचबुझ तथा त्यस्तो उद्योगको स्थलगत निरीक्षण गर्न आवश्यक देखेमा स्थलगत निरीक्षण समेत गराउन सक्नेछ।
(४) उपनियम (३) बमोजिम जाँचबुझ र स्थलगत निरीक्षण गर्दा ऐनको दफा ३९ तथा यस नियमावलीबमोजिम त्यस्तो उद्योगलाई रुग्ण उद्योगको रूपमा घोषणा गर्न मनासिब देखिएमा रुग्ण उच्चोग सुझाव समितिले मन्त्रालयसमक्ष सिफारिस सहित प्रतिवेदन पेश गर्नु पर्नेछ।
(५) उपनियम (४) बमोजिम प्राप्त सिफारिसको आधारमा कुनै उच्चोगलाई रुग्ण उच्चोगको रूपमा घोषणा गर्न मनासिब देखिएमा - मन्त्रालयले सम्बन्धित क्षेत्रगत मन्त्रालय र अर्थ मन्त्रालयसमेतको सहमति लिई त्यस्तो उद्योगलाई रुग्ण उच्चोगको रूपमा घोषणा गर्न नेपाल सरकारसमक्ष प्रस्ताव पेश गर्न सक्नेछ।
(६) उपनियम (५) बमोजिम प्राप्त प्रस्ताव मनासिब देखेमा नेपाल सरकारले त्यस्तो उद्योगलाई रुग्ण उद्योगको रूपमा घोषणा गर्न सक्नेछ । (७) उपनियम (६) बमोजिम रुग्ण उच्योगको रूपमा घोषणा भएको उद्योगलाई सहकारी संस्थाले सञ्चालन गर्न चाहेमा त्यस्तो सहकारी संस्थाले देहायका शर्तहरू पालना गर्न गरी सञ्चालन गर्नु पर्नेछ:-
(क) उच्योगको स्वीकृत उद्देश्य तथा क्षमता अनुसार वस्तु तथा सेवा उत्पादन गर्नु पर्ने,
(ख) उद्योग दर्ता हुँदाका बखत तोकिएका शर्तहरू,
(ग) स्वीकृत वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदनमा उल्लिखित शर्तहरू,
(घ) रूग्ण उच्चोगको लगानीकर्ता र उक्त उद्योग सञ्चालन गर्ने सहकारी संस्थाबीच भएको सम्झौताका शर्तहरू,
(ङ) ८ उद्योग दर्ता गर्ने निकायले दिएको निर्देशन तथा आदेश ।